जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

दीप बोर्डिङ हाई स्कुल बुटवल द्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

बुटवल, असार १६ । दीप बोर्डिङ हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरीएको छ ।

सोमबार आयोजना गरीको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बीचपनि विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

विद्यार्थी, शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले थप सफलता हासिल गरेको बताउँदै उनले एसईईमा ४ जीपीए ल्याएका विद्यार्थीहरुलाई जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गरीने जानकारी दिए ।

साथै जीपीए ३.९५ भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही ५० हजार र जीपीए ३.९० भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरीने प्राचार्य न्यौपानेले बताए । उक्त पुरस्कार विद्यालयको ४५ औँ वार्षिकोत्सबका अवसरमा प्रदान गरीने उनले बताए ।

यस्तै, कक्षा ११ भर्ना हुने सबै बिद्यार्थीलाई भर्ना निःशुल्क तथा ५० प्रतिशतसम्म छात्रवृति प्रदान गरीने प्राचार्य न्यौपानेले घोषणा गरे । साथै जीपिएका आधारमा १०० प्रतिशतसम्म छात्रवृति प्रदान गर्न सकिने उनले बताए ।

दीपमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई होटल टाइगर प्यालेससँगको सहकार्यमा इन्टान्सीपको व्यवस्था गर्ने उनले बताए । दीप बोर्डिङमा अध्ययन गरेका सयौँ विद्यार्थीहरु डाक्टर, इन्जीनियर, होटल तथा म्यानेजमेन्ट क्षेत्रका विभिन्न उच्च पदमा रहेको बताउँदै उनले एसईई पछिको उच्च शिक्षा अध्ययनका लागि पनि अभिभावकिय भूमिकामा रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सोल्टी होटलका डाइरेक्टर डा.रुपेश श्रेष्ठले एसईईपछि करियरको सुरुवात हुने भएकोले बालबालिकाको रुची अनुसारकै विषय र कलेज छान्न सकेमात्र सफलता प्राप्त गर्न सकिने बताए । आजको वर्तमानले भविश्य निर्माण गर्ने भएकाले अभिभावकको इच्छाले विषय छान्दा भोलिका दिनमा सोचेअनुसारको नतिजा नआउने र बालबालिकाको भविश्यनै अन्धकार हुनसक्ने उनले बताए ।

कार्यक्रममा विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाईंले विद्यलयमा उत्कृष्ट शैक्षिक वातावरणसँगै शिक्षक र विद्यार्थीको लगनशिलता र मिहेनतलेनै सफलता प्राप्त गर्न सकिने बताए । साथै उनले घरमा पनि अध्ययनका लागि उत्कृष्ट वातावरण बनाइदिन अभिभावकहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै ४ जीपिए ल्याएका विद्यार्थी सक्रिना कुँवरले अध्ययनका लागि दीप बोर्डिङमा उत्कृट शैक्षिक वातावरण रहेको बताइन् । साथै उनले आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताइन् । यस्तै कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थी संयोग नेपाल, कक्षा १२ का केबल राना, पूर्व विद्यार्थी संयागराज भण्डारी, मन्जीला ज्ञवाली, पुस्कर न्यौपाने लगायतले बोल्दै दीप बोर्डिङले पारिवारिक वातावरणमा गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सोल्टी होटल तथा गेट कलेजका सिइओ इन्द्र खड्का, विद्यालयका शैक्षिक प्रमुख सन्दीप पटेल, कक्षा ११–१२ का संयोजक कमल नेपाल, अभिभावक कृष्ण पोखरेल लगायतले बोल्दै जीपिएका आधारमा विषय छनोट गर्ने भन्दापनि विद्यार्थीले आफ्नो रुची अनुसारको विषय छनोट गरी नयाँ शैक्षिक यात्रा सुरु गरे अबश्य सफलता प्राप्त गर्न सकिनेमा जोड दिए ।

एसईईमा दीप बोर्डिङबाट २ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । यस्तै, ५५ जना विद्यार्थीले ३.६०–४ जीपिए, ५० जना विद्यार्थीले ३.२०–३.६० जीपिए, २३ जना विद्यार्थीले २.७७–३.२० जीपिए ल्याएको सहप्राचार्य कलाधर अर्यालले जानकारी दिए । सोही अवसरमा कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरुलाईसमेत सम्मान गरीएको थियो । यस्तै, होटल म्यानेजमेन्ट पढ्न चाहाने विदार्थीहरुका लागि सोमबार नै विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको विद्यालयका उपप्रचार्य सुरेन्द्रप्रसाद शाक्यले बताए । कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित