निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

अक्सफोर्ड माविमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले माध्यमिक शिक्षा परीक्षा एसर्ईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

अक्सफोर्डबाट एसईईको परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारीमा रहेका डेढ सय विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो । विद्यालयले  बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेर उच्च शिक्षाकालागि अग्रसर विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको प्राचार्य दिनेश भुसालले जानकारी दिए।

विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा २०८१ मा एकसय ५५ जना विद्यार्थीहरु सहभागि भएकोमा शत्प्रतिशत नतिजा सहित विद्यार्थी उत्तीर्ण भएको बताए । उनले अक्सफोर्डबाट १० जनाले ४ जिपीए, ३.६० जिपीएभन्दा माथि १३६ जना, ३.४४ जिपीएभन्दा माथि ९ जना गरी शत्प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए ।

उनले यो अंक जिल्लाकै राम्रो अंक भएको उल्लेख गर्दै अक्सफोर्डमा सबैखाले ज्ञान र बौद्धिकताको सिकाइ हुने हुँदा शैक्षिक गुणस्तरीयतामा पनि उत्कृष्टता हासिल गर्न सफल भएको विचार राखे । उनले एसईईमा उत्र्तीण भएका विद्यार्थीहरुले अरुको कर र रहरमा भन्दापनि आफ्नो चाहना र इच्छाका आधारमा विषय छनोट गरेर माथिल्लो कक्षामा अध्ययन गर्न सुझाव दिए ।
विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, विद्यालय संचालक समितिका सदस्य नवराज पंगेनी, ललित खरेल, न्यु कान्तिपुर मन्टेश्वरी टे«निङ्ग सेन्टरका निर्देशक यशुकला भुसाल, अक्सफोर्डका पुर्व विद्यार्थी दिया भुसाललगायतले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्र्तीण भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उच्च शिक्षामा थप शैक्षिक सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन एकेडेमिक चिफ प्रकाश ज्ञवालीले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित