लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिनाउ बोर्डिङमा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा

तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डेलगायतले बोल्दै विद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।

आइतबार एक समारोहका बिचमा उनीहरुलाई नगर परिक्रममा गराइएको हो । बुटवल देवीनगरबाट सुरु भएको बाजागाजासहितको र्‍याली तिनकुने, गोलपार्क, मिलनचोक, कालिकानगर, योगिकुटी, मोतिपुर, रानीगञ्ज, प्रगतिनगर, बुद्ध नगर हुँदै विद्यालयसम्म पुगेको थियो । तिनाउमा १९ सय विद्यार्थी अध्ययनरत छन् ।

यसपालिको एसईईमा ५६ विद्यार्थी सहभागि भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएको प्राचार्य सीता पाण्डेले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित