निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तिनाउ बोर्डिङमा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा

तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डेलगायतले बोल्दै विद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।

आइतबार एक समारोहका बिचमा उनीहरुलाई नगर परिक्रममा गराइएको हो । बुटवल देवीनगरबाट सुरु भएको बाजागाजासहितको र्‍याली तिनकुने, गोलपार्क, मिलनचोक, कालिकानगर, योगिकुटी, मोतिपुर, रानीगञ्ज, प्रगतिनगर, बुद्ध नगर हुँदै विद्यालयसम्म पुगेको थियो । तिनाउमा १९ सय विद्यार्थी अध्ययनरत छन् ।

यसपालिको एसईईमा ५६ विद्यार्थी सहभागि भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएको प्राचार्य सीता पाण्डेले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित