लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

२६ तस्वीरमा हेर्नुहोस–नेपाल किसान महासंघ, लुम्बिनी प्रदेशको रोपाईँ

नेपाल किसान महासंघ लुम्बिनी प्रदेश , नेपाल किसान महासंघ जिल्ला कार्य समिति रुपन्देही , नेपाल किसान महासंघ बुटवल नगर समितिको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।

किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए ।

नेता पुनले मलखाद उपलब्ध नहुँदा किसान सबै समस्या रहेको बताउँदै सरकारले प्रयाप्त मात्रामा समयमा उपलब्ध गराउन आग्रह समेत गरे ।

सरकारी अनुदानमा पारदर्शिता नभएको भन्दै उनले वास्तविक किसानको पहुचमा पु¥याउनुपर्ने उनको भनाइ थियो । किसान महसंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसीले नेपालमा कृषि पेशामा संलग्न रहेका किसानहरुले संगठित गर्दै अघि बढेको बताइन् ।

उनले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउदै परम्परागत रैनाथे बालीको पनि संरक्षण गर्ने योजना सरकारले ल्याउन आवश्यक रहेकोमा उनको जोड थियो ।

धान उत्पादन वृद्धिको लागि बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवद्र्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले जोड दिइन । सो अवसरमा रोपारेहरुले असारे गीत गाउँदै पञ्चेबाजामा नाचेर रोपाइ उत्सव समेत मनाएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित