कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

मोटरसाईकललाई ठक्कर दिएर भाग्न लागेका गुल्मी रेसुंगाका मेयर पन्थीलाई स्थानियले हप्काए

रेसुंगाका मेयर तथा कांग्रेस नेता चढेको गाडीले ठक्कर दिएर घाइते बनाएर ती घाइतेको उद्दार नगरी भाग्न खोजेपछि स्थानीयले नेताहरूलाई घेरेर हप्काएका छन् ।

स्थानीय दुर्घटनापछि घाइतेको उपचार गर्नुको साटो भाग्न खोजेको भन्दै आक्रोशित भएका थिए । शुक्रबार राती बुटवलको तामनगरमा गुल्मीको रेसुंगा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री घाइते भएका हुन् ।

उनको हाल बुटवलको बेलबासस्थित एडमनसिटी अस्पतालमा उपचार भइहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शुक्रबार राती दाङमा कांग्रेस बैठकमा सहभागी भएर बुटवलतर्फ आउँदै गरेको रेसुंगा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

रेसुंगा नगरपालिकाका नगर प्रमुखसमेत रहेका कांग्रेस गुल्मी सभापति खिलध्वज पन्थी सवार गाडीले नागरिकलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

दुर्घटनापछि गाडी नरोकी अघि बढेपछि आक्रोशित स्थानीयबासीले गाडीमा सवार नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठमाथि हातपातको प्रयास गरेका थिए ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिएका छन् । यसबारे प्रतिक्रिया लिन नेताहरूलाई सम्पर्क गरेपनि फोन उठाएनन् ।
घाइते खत्रीको होस अझै खुल्न नसकेको पारिवारिक स्राेतले जानकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित