दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

इरानबाट उद्धार गरिएका बुटवलका दुई युवा कृष्णनगर हुँदै गर आइपुगे

 

भैरहवा– इरानको मसादबाट भारतले उद्धार गरी ल्याएका रुपन्देहीका दुईजना युवाहरु घर फर्किएका छन् । नेपाल सरकारको अनुरोधमा उद्धार गरिएका नेपालीहरुमध्ये दुईजना बुधबार कपिलववस्तुको कृष्णनगर नाका हुँदै बुटवलस्थित घरमा आइपुगेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरे घर आइपुगेको जनाए । ‘हामीले बेलहिया नाकामा उहाँहरुलाई पर्खिएर बसेका थियौं, तर, कृष्णनगर नाका हुँदै घर आइपुग्नु भएछ ।’ घिमिरले पोखरेलको परिवारसँग आफूले कुराकानी गरेको र राम्रैसँग घरमा आइपुगेको प्रतिक्रिया पाएको बताए । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि नेपालको अनुरोधमा केही नेपालीहरुलाई भारत सरकारले उद्धार गरेको थियो । यसमध्ये दुईजना रुपन्देहीका थिए । भारतस्थित नेपाली दूतावासले मंगलबार साँझ ट्विट गर्दै उनीहरु घर फर्किन लागेको जनाएको थियो ।

उद्धार पछि घर फर्किंदै गरेका पोखरेल र गैरेलाई सीमा नाकामा स्वागत गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सुरक्षा अधिकारीहरु बेलहिया नाका पुगेका थिए । तर, ४ बजेतिर मात्रै उनीहरु कृष्णनगर नाकाबाट घर फर्किएको खबर सुरक्षा अधिकारीहरुले पाएका थिए ।

दिल्ली–नेपाल चल्ने सिधा बसमार्फत् उनीहरु घर आइपुगेको घिमिरेले बताए । दिउँसो २–३ बजेको बीचमा पोखरेल र गैरे कृष्णनगर नाका हुँदै घर आइपुगेको पारिवारले जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित