लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

टिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार उक्त दुर्घटनामा परी सम्मरीमाई रोहिनिहवाका २० वर्षीय समीर खान र कोटहिमाई ४ का शिवनाथ ठाकुरको मृत्यु भएको हो।

मोटरसाइकलमा तीन जना सवार रहेकोमा एक जना घाइते भएका छन्।

मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित