निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शनिबार विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको छ ।

विद्यालयमा भर्ना भएका ५१२ जना नयाँ विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको हो । कार्यक्रममा प्रशिक्षण गर्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले अभिभावकले आफ्ना बालबच्चालाई प्रयाप्त समय दिन आग्रह गरे ।

‘बालबच्चाले पढन मानेन भन्ने होइन’ उनले भने, ‘आफूले आफ्नो बच्चालाई कस्तो व्यवहार गरिराखेको छु भन्ने कुरा महत्वपूर्ण हो । बच्चालाई मायालु ब्यबहार गर्ने, उनीहरुसँग खेल्ने, प्रेरणा र हौशला दिने, स्वास्थ्यमा पनि ध्यान दिदै जंक फूड खानबाट टाढा राख्नुपर्छ ।’ प्राचार्य अधिकारीले बच्चालाई मोबाइल हेर्न बानीमा परिवर्तन ल्याउन अभिभावक आफूले कहिल्यै पनि बच्चाको अगाडि मोबाइल नर्हेन सुझाव दिए ।

कार्यक्रममा अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकले समयसापेक्ष र फलदायी बनाउन आफू बढी जिम्मेवार बन्नुपर्ने बताए । ज्ञवालीले गार्गीले विद्यार्थीको रूचि र चाहना अनुसार अध्ययन अध्यापन गराइरहेको बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष झबिन्द्र अधिकारीले विद्यालयले विद्यार्थी र अभिभावक सबै पक्षबीचको सामूहिक प्रयासकै अघि बढदै आएको बताए । विद्यालयका सल्लाहकार राजेन्द्र ढकालले विद्यार्थीप्रति समर्पित प्रशासन, पेशाप्रति लगनशील शिक्षक, अनुशासित र मेहनती विद्यार्थीको कसिलो सम्बन्धको कारण गार्गी सबैको रोजाइँमा परेको बताए । कार्यक्रममा विद्यालयका सञ्चालक लोकराज शर्मा, सल्लाहकार भरत पाठक लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका मावि संयोजक समिर अधिकारीले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीले विभिन्न कला प्रस्तुत गरेका थिए । विद्यालयमा २ हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित