निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तिलोत्तमामा बैशाख ६ देखि हुने इण्डो-नेपाल क्लब च्याम्पीयनसीप भलिबल हुँदै

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा आगामी बैशाख ६ गतेदेखि हुने १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपालको विभागीय टोली सहित भारतको समेत गरी कुल ९ वटा टिम प्रतियोगितामा सहभागी हुँदै छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुने भलिबल प्रतियोगीताको तयारी पूरा भएको क्लबले पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले साग भलिबल एकेडेमी गुजरात भारत, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लव बाग्लुङ्ग, मणिमुकुन्द भलिबल क्लब र सुदुुरपश्चिम खेलकुल परिषद गरी कुल ९ वटा टिमको सहभागीता हुने जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने समुहले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । यस्तै उप विजेता समुहले २ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् भने तेस्रो हुने समुहले १ लाख ११ हजार १ सय ११ र सान्तव्ना स्थान प्राप्त गर्ने समुहले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगीतामा वेष्ट प्लेयर्सलाई नगद १५ हजारसहित र कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै वेष्ट सटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्स, वेष्ट सर्भर र अनुशासित खेलाडीलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित