निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल नियुक्त

प्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तिन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनिश पन्थीका अनुसार सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी अर्याल र सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ का सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ का भुवन चौधरी र बुटवल उपमहानगरपालिका–१८ रूपन्देहीका शान्तादेवि ढकाललाई नियुक्त गर्ने निर्णय हो ।

त्यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिका–४ को केन्द्र चिराघाटबाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय भएपछि सरकारले सिफारिस गरेको हो ।

बैठकले गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिफेक्चर, बुङ्गोओनो सहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि पनि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पन्थीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित