आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि

लुम्बिनी प्रदेश सरकारका लागि मन्त्री छनोटको विषयलाई लिएर कांग्रेस लुम्बिनी प्रदेशभित्र असन्तुष्टि बढेको छ ।

बुधवार साँझ विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधानविपरीत मन्त्री छनोट गरिएको आरोप लगाएका छन् ।

सभापति पुनले यस्तो निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठोकुवा गरेका छन् ।

‘भर्खरै गठित लुम्बिनी प्रदेश सरकारमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति छनोट प्रक्रियाका सन्दर्भमा लुम्बिनी प्रदेश कार्य समितिलाई पूर्णतया बेवास्ता गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधानलाई कुल्चिँदै यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेका छौँ ।’

आम कार्यकर्ताको भावनाविपरीत मन्त्रीहरू छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत् भेला गरी यथोचित निर्णयमा पुगिने चेतावनीसमेत दिएका छन् ।

प्रदेश सभापति पुन कांग्रेसमा संस्थापन इतरका नेता डा शेखर कोइरालानिकट नेता हुन् । कांग्रेसबाट बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा (रोज राणा) र प्रचण्डविक्रम न्यौपानेले मन्त्री बनेका छन् ।

कांग्रेस स्रोतका अनुसार पार्टीबाट मन्त्री बनेका चारमध्ये एकजना मात्रै संस्थापन इतर पक्षका छन् । न्यौपाने मात्रै इतर पक्षका हुन् । यसैमा पुनले असन्तुष्टि पोखेको बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित