निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम

बुटवल । रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष करुण खनालले आफूले नेतृत्व गरेको वर्ष २०२३÷२४ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका हुन् । अध्यक्ष खनालको कार्यकाल जुन ३० बाट सकिंदै छ ।

कार्यक्रमबो उदघाटन गर्दै नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष रामजी अधिकारीले रोटरीले स्वार्थ भन्दा माथि उठेर मानव सेवामा गरेको योगदानको प्रशंसा गरे । आजको मानिस खानाको भोको होइन, प्रेमको भोको रहेको भन्दै उनले प्रेमपुर्वक गरिएको काममा कहिल्यै स्वार्थ नहुने बताए ।

अनाथहरुको सेवामा मानव सेवा आश्रमले काम गरिरहेको र देशभरका अनाथहरुको अभिभावकत्व ग्रहण गरिरहेको भन्दै अध्यक्ष अधिकारीले असहायहरुको लागि समेत रोटरी जस्ता सामाजिक संस्थाहरु अभिभावक बन्न सक्नुपर्नेमा जोड दिए ।

मान्छेमा हुनु पर्ने मुख्य गुण मानवता भएको र मानवीय गुणले भरिपूर्ण मान्छे सधै सुन्दर देखिन्ने उल्लेख गर्दै अधिकारीले रोटरीले समाजसेवामा खेलेको भूमिकालाई दीगो र निरन्तर कायम राख्नुपर्ने बताए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिष्टेन्ट गभर्नर सुरज क्षेत्रीले क्लवले गरेका सामाजिक कार्यहरुले यसको प्रतिष्ठा सधै उचो हुने गरेको भन्दै सामाजिक काममा सबैलाई साथमा लिएर अगाडि बढे सफलता हासिल गर्न सकिने बताए । उनले रोटरी क्लव अफ बुटवलले यस वर्ष पनि उत्कृष्ट कामहरु गर्न सफल भएको बताए ।

कार्यक्रममा क्लवका प्रेसिडेन्ट इलेक्ट प्रज्वल थान्जु, निवर्तमान अध्यक्ष बोनिन पिया, क्लवका सचिव तारानाथ भट्टराई लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा क्लवका अध्यक्ष करुण खनालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै रोटरीको नेतृत्व आफ्ना लागि अविस्मरणीय बन्न पुगेको बताए । कार्यक्रममा क्लवका बोर्ड सदस्य र सहयोग गर्नेहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित