लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रामापुर माविका कृतिम र न्यू होराइजन स्कूलका प्रवेशले एसईईको नतिजामा ४ जीपीए ल्याए

बुटवल । आज सार्वजनिक भएको एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

यो समाचार तयार पार्दा सम्म रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा ४ जीपीए  ल्याएका हुन ।

कृतिमले रामापुर माविमा कक्षा ९ देखि पढेका थिए । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।

यता पाल्पाको रैनादेवी छहरा गाउंपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित