
बुटवल । आज सार्वजनिक भएको एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
यो समाचार तयार पार्दा सम्म रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा ४ जीपीए ल्याएका हुन ।
कृतिमले रामापुर माविमा कक्षा ९ देखि पढेका थिए । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।
यता पाल्पाको रैनादेवी छहरा गाउंपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् ।