लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

१३ किलो अफिमसहित दाङबाट तीनजना पक्राउ

दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो ।

इप्रका तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रुकुममा अवैधरूपमा खेती गरेर अफिम दाङको तुलसीपुर हुँदै भारत पठाइँदै आएको छ । अफिम कारोबारीले तुलसिपुरलाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि प्रहरीले निगरानी बढाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित