दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

सिद्धबाबा टनेल १६६ मिटर खनियो, भौतिक प्रगति १२ प्रतिशतमाथि

सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ। आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ।

उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ। यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ। आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार बाइपास प्रथमतर्फ ३८.१ मिटर खनिएको छ। बाइपास दोस्रो ३५.३ मिटर र बाइपास तेस्रो ३४.१ मिटर खनिएको छ।

स्लोप प्रोटेक्सनतर्फ दक्षिणतर्फ १४ सय ९५ वर्गमिटर बराबरको काम भएको छ। यहाँ कुल २३ सय वर्गमिटरमा स्लोप प्रोटेक्सनको काम गरिने छ। उत्तरतर्फ ४९५ वर्ग मिटर काम भएको छ।

आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत पुगेको आयेजनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित