रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

उद्योग वाणिज्य संघका सदस्यलाई केवलकारमा ५० प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बीचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लुम्बिनी केवल कारको प्रस्तावमा समझदारी गरी आइतबार हस्ताक्षर गरिएको हो । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष हरिप्रसाद अर्याल र लुम्बिनी केवलकारको तर्फबाट अपरेसन म्यानेजर डिल्लीनारायण कायस्थले हस्ताक्षर गरी आदान प्रदान गरेका छन् ।

समझदारी अनुसार लुम्बिनी केवल कारले संघका बोर्डका पदाधिकारी तथा सदस्य र सक्रिय सदस्य तथा सचिवालयमा काम गर्ने कर्मचारीका लागि केवलकारको दुई तर्फी टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।

अहिले लुम्बिनी केवलकारको टिकट शुल्क १ हजार रुपैयाँ रहेको छ । संघमा भएको यो समझदारीपछि संघको कार्यसमितिका पदाधिकारी सदस्य, सचिवालयका कर्मचारी र संघमा नविकरण भएका सदस्यहरुलाई केवलकारको टिकटमा ५० प्रतिशत छुट गरी ५ सय रुपैयाँ लिइने छ ।

समझदारीअनुसार केवलकार टिकटमा छुट लिनको लागि संस्थाको परिचय पत्र अनिवार्य गरिएको छ । केवलकारको टिकटमा मात्रै छुट हुनेछ ।

दुबै पक्षले विज्ञापन बोर्ड वा अन्य सम्बन्धित प्रवद्र्धन सामग्रीहरु एक अर्काको परिषरमा राखेर प्रवद्र्धन गर्नेछन् । यो समझदारी एक वर्षसम्म रहने छ । आपसी सहमतिमा परिवर्तन पनि गर्न सकिने छ ।

 

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित