रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित तिनाउ खोलाको ड्याम साइडमा डुबेर एक भारतीय नागरिकको आइतबार मृत्यु भएको छ ।

भारतको गोरखपुर थाना सैजन्वा रंगौलिग्राम उत्तर प्रदेश बस्ने १५ वर्षीय आर्यन कुमारको तिनाउ खोलामा डुबेर मृत्यु भएको प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार आफ्नो परिवारसहित १५/१६ जना घुम्न आएका आर्यन पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

प्रहरी चौकी दोभानबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटिई स्थानीयको सहयोगमा खोजतलास गर्नेक्रममा सोही स्थानमा आर्यन मृत फेला परेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित