लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त

लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । सदस्य नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । आयोगमा उपाध्यक्षसहित तीन सदस्य रहने व्यवस्था छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीकाअनुसार सरकारले आयोगको सदस्यमा घोराही उपमहानगरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तुका जीवन अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले एक साताअघि कपिलवस्तुकै सरोज खनाललाई उपाध्यक्षमा नियुक्त गरेको थियो । बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मूल्यांकन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै सहरी विकास तथा खानेपानी मन्त्रालयअर्न्तगत लुम्बिनी प्रदेशका कार्यालय स्थापना हुन बाँकी रहेका जिल्लामा कार्यालय स्थापना गर्ने, २०८०/८१ को चैत मसान्तसम्म योजना आयोगबाट स्वीकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर स्रोत सहमति लिएका बहुवर्षीय योजनाहरुलाई जेठ मसान्तभित्र अघि बढाउने निर्णय भएको सरकारका प्रवक्ता पन्थीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित