लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

एक महिनाभित्रै लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा दोब्बरले वृद्धि हुन्छ : मेसु ढकाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गरे ।

अस्पतालमा सोमबार मेसुको रुपमा पदभार ग्रहण गर्दै ढकालले सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता गरे । अस्पतालमा हाल प्रसूती कक्षतर्फ दैनिक १५/२० वटा शल्यक्रिया हुने गर्दछ भने अन्यतर्फ मेजर तथा माइनर अपरेशन (शल्यक्रिया) दैनिक २० वटासम्म हुने गरेको छ । दोस्रो कार्यकालका लागि मेडिकल सुपेरिटेन्डेन बनेका डा. ढकालले आफ्नो नेतृत्वमा परिणाम देखिने गरी सुधार गर्दै लैजाने प्रतिवद्धता गरे । अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवाहरुलाई चुस्तदुरुस्त बनाउँदै सकेसम्म सेवाग्राहीलाई अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे । उपचारका लागि बाहिर जानु पर्ने अवस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिवद्धता गर्दै उनले अस्पताल परिवार सबैको सहकार्य र प्रतिवद्धताको खाँचो औल्याए ।

यसैगरी बढ्दो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले गुनासोरहित स्वास्थ्य सेवाका लागि सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको साथा आवश्यक रहेको उनले बताए । जनताले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार प्रत्याभुतका लागि अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमलाई एक महिना भित्र सुधार गरेर लैजाने प्रतिवद्धता गरे । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराएर सेवालाई सरल र सबैको पहुँचमा पुर्याउनु पर्नेमा उनको जोड थियो ।
अघिल्लो कार्यकालमा आफूले पूरा गरेका जिम्मेवारीभन्दा यस पटक थप चुनौतीहरु रहेको बताउँदै उनले सबै योजनाहरुलाई व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पहल रहने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको अस्पतालको निर्माणाधिन भवनको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पहल रहने उल्लेख गरे । अस्पतालमा निर्माणको काम भइरहँदा सेवाग्राहीलाई उपलब्ध गराइने स्वास्थ्य सेवामा कुनै कमजोरी वा असर नपर्नेगरी काम अघि बढाउन आफ्नो पहल रहने मेसु ढकालले बताए ।

पदस्थापनको अवसरका शुभकाना व्यक्त गर्दै अस्पताल बिकास समितिका पूर्व अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले सधै सम्झिनेगरी जिम्मेवारी पूरा गर्न मेसु ढकाललाई सुझा दिए । जसभन्दा बढी अपजस आउन सक्ने सार्वजनिक पदमा बसेर काम गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताउँदै उनले यसका सामना लागि सहकार्य नै उपयुक्त विकल्प भएको उल्लेख गरे । यसैगरी अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले शुभकामना व्यक्त गर्दै ठूलो जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउने लुम्बिनी प्रादेशिक अस्पतालमा सकेसम्म कमभन्दा कम गुनासो आउने गरी कार्यसम्पादन गर्न सुझाब दिए । स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या र चुनौतिहरु रहेको बताउँदै उनले ती चुतौतिको सामना गर्न सक्षम नेतृत्व र भूमिकाको आवश्यक रहने उल्लेख गरे ।

अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा आयोजित पदस्थापन तथा शुभाकामना कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, अस्पतालका विभाग प्रमुखहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित