लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गुल्मीमा धेरै बजेट पाउने पालिका बन्यो मालिका

गुल्मी जिल्लाका गाउँपालिकाहरु मध्ये आर्थिक बर्ष २०८१ /०८२ का लागि नेपाल सरकार बाट सबै भन्दा बढि बजेट मालिका गाउँपालिकाले पाएको छ । मालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड २५ लाख बजेट पाएको हो ।

गत बर्ष कार्य सम्पादन मूल्याकंनमा समेत उत्कृष्ट पालिकाहरु मध्येको एकमा परेको मालिका बिगतमा बढिमा ३८ करोड सम्म पाएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए ।

उनले सबै जनप्रतिनिधि , कर्मचारीहरुको मेहनत्ब, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता , बिकास निर्माणमा छिटो छरितो गर्नु पर्छ भन्ने पालिकाको मान्यताको कार्यन्वन पक्षको प्रतिफल भएको प्रतिक्रिया दिए । त्यस्तै उपाध्यक्ष तथा अनुगमन समिति संयोजक उपेन्द्र अर्यालले निरन्तरको निगरानी र पालिकाको सिङ्गो अङ्गको मेहनतको पुरस्कार महसुस गरेको बताए । पालिका प्रशासनलाई चुस्त राख्न र स्थानीय सरकार संचालन ऐन भन्दा एक रत्ति दायाँ बायाँ नगरि काम गर्ने प्रमुख प्रशासकीय अधिकृत बिकास खनाल सहितका कर्मचारीहरु धन्यवादका पात्र रहेको त्यस पालिकाका प्रबक्ता ज्ञानकुमार बुढाको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित