रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल अन्तर्गत शनिवार  देशका  ३ स्थानमा  जोनल कट्स सम्पन्न

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल अन्तर्गत शनिवार  देशका  काठमाडौं , भरतपुर र बुटवलमा  जोनल कट्स (Zonal COTS)  सम्पन्न भएको छ ।

सोहि अन्तरगत जोन १८ र जोन १९ को आयोजनामा  बुटवल स्थित क्षितिज इन्टरनेशल कलेजमा जोनल कट्स सम्पन्न गरिएको हो  जोन १८ र जोन १९ का जेडआरआर दिवस खनाल र बिदुर ज्ञवालिको संयुक्त अध्यक्षता ,रोट्रयाक्ट डिष्ट्रक बर्ष २०२४/२५ का डि आर आर बिक्रम क्षेत्रिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै  डि आर आर  क्षेत्रिले हरेक क्लबका अध्यक्ष , उपाध्यक्ष , सचीव , कोषाध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी एवं सम्पुर्ण  पुराना तथा नया सदस्यहरुका लागि कट्स निकै प्रभावकारि हुने र  उक्त कार्यक्रमले हरेकलाइ  आफनो काम कर्तव्य र अधिकारको विषयमा जानकार बनाउने पनि बताए ।

बुटवलमा सप्पन्न भएको कार्यक्रममा  करिब  २६१ जना रोट्रयाक्टरहरुको सहभागीता रहेको थियो भने कट्स प्रशिक्षकको  भुमिका  बर्ष २४/२५ का लागि इलेक्ट डि आर आर दिनेश गैरे, डिष्ट्रीक सेक्रेटरी  सुबिन खड्का ,माधव पराजुली,अनुप पाण्डे,  निशान बाबु कार्की ,आबिस्कार पराजुली , सुबास के सि , आशिष सुबेदि  , नारायण भण्डारी लगायतले गरेका थिए ।

रोट्रयाक्ट क्लब अफ क्षितिज ईन्टरनेशनल कजेल र  रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसको मुख्य आयोजना साथै रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउन , बुटवल साउथ , तिलोत्तमा रुपन्देही , रोट्रयाक्ट मणिग्राम, लुम्बिनी स्टार्स , तिनाउ सिटि , बुटवल चौतारी  र  रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको  सह -आयोजनामा जोनल कट्स सम्पन्न  भएको रोट्रयाक्ट  डिष्ट्रीक बर्ष २०२४/२५ का मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित