लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

ईन्द्रणी सहकारीले सञ्चालनमा ल्यायो ई.भी. फास्ट चार्जिङग स्टेशन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ८ धर्मपथमा रहेको ईन्द्रणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ई.भी फास्ट चार्जिङग स्टेशन सञ्चालनमा ल्याएको छ ।

सहकारीले आफ्नै कार्यालय परिसर भित्र चार्जिङग स्टेशन सञ्चालनमा ल्याएको हो । पछिल्लो समय विद्युत्तिय सवारी साधनको विक्रि बढेको भन्दै त्यसैलाई मध्यनजर गर्दै चार्जिङग स्टेशन सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले जानाकारी दिए । चार्जिङग स्टेशनमा ३ वटा मेसिन जडान गरिएको छ ।

अध्यक्ष अर्यालका अनुसार ३ मेसिनबाट एक साथ ६ वटा सवारी साधनलाई चार्ज गर्न सकिनेछ ।

एउटा गाडी ३० मिनेट देखि १ घण्टामै फुल चार्ज हुने अत्याधिन मेसिन जडान गरिएको उनको भनाई छ ।

अनलाईन माध्यमबाट रकम भुक्तानी गरेर सवारी साधन चार्ज गर्ने व्यवस्था मिलाइएको छ । चार्जिङ स्टेशनमा सिसिएसटू डवल गन्स ६० किलोवाटको १ मेसिन र जिविटी डवल गन्स ६० किलोवाटका २ वटा मेसिन जडान भएका छन् ।

सहकारीले ई.भी फास्ट चार्जिङग स्टेशनमा १ करोड लगानी गरेको छ । सहकारीले चार्जिङ स्टेशनका अलवा लद्युवित्त लद्युउद्यम कार्यक्रम, पेन्सन योजना कार्यक्रम, दुर्घटना विमा कार्यक्रम, प्रसुती पोषण कार्यक्रम, विद्यार्थी पुरस्कृत र सम्मान कार्यक्रम एवं मोबाईल बैंकिङ सेवा दिदै आएको छ । सहकारीमा २ हजार ४८ सेयर सदस्य छन् ।

अध्यक्ष अर्यालले संस्थाको विधान र विनियमको परिधिभित्र रहेर बहुउद्देश्यीय परियोजना अन्तर्गत पेट्रोलपम्प, कृषि, पशुपालन व्यवसाय र जटिबुटी उत्पादन तथा प्रशोधन उद्योग सञ्चालनमा ल्याउने आगामी योजना रहेको बताए ।

०५२ साल चैत १० गते १५१ सदस्यबाट मासिक ४ हजार जम्मा गर्ने गरी स्थापना भएको सहकारीको हाल निक्षेप रकम ४० करोड ७४ लाख छ । १० लाख ६२ हजार शेयर रकम रहेको सहकारीको क्रृण लगानी ४६ करोड ८१ लख रहेको छ भने संचित नाफा मात्र ७८ लाख ५१ ह्जार रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित