रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

बुटवललाई मिडिया सिटी बनाउने नगरप्रमुखको घोषणा

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटी बनाउने घोषणा गरेका छन ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसको अवशरमा संघको रुपन्देही शाखाको आयोनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय राजधानी बाहिर सबै भन्दा धेरै सञ्चार माध्यम भएको जिल्ला भएका कारण बुटवलमा संञ्चारग्रामको तयारी थालिएको बताएका हुन ।

उनले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि उपमहानगरले विभिन्न समयमा कार्यक्रमहरु गर्दै आइरहेको समेत जानकारी दिए ।

दलित समुदायका युवाहरुको सञ्चारमा पहुँच विस्ताका लागि सहयोग गर्न नगरपालिका सधै तयार रहेको बताउँदै प्रमुख पाण्डेले दलित समुदायको बृहत्तर विकासका लागि बर्षेनी बजेट समेत विनियोन गर्दै आइरहेको जानकारी दिए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख कल्पना हरिजनले पत्रकारीता क्षेत्रमा दलित महिलाहरुको संख्या बृद्धि हुन नसकेको दुखेसो गरीन ।

दलित त्यसमा पनि मधेसी दलित समुदायको पत्रकारीता क्षेत्रमा पहुँच निर्माण गर्न सामाजिक संघ संस्थाहरुले काम गर्नु आवश्यक रहेकोमा उनको जोड थियो । राष्ट्रि दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनोद परियारले बैकल्पिक मिडिया वहसका लागि राष्ट्रिय दलित पत्रकार संघ गठन भएको बताए ।

पछाडी पारिएको समुदायको आवाज मुखरीत गर्ने कार्य पत्रकारहरुको भएको उल्लेख गर्दै दलित पत्रकार संघको गठनले समावेशीताको मुद्धालाई सरोकारवालाहरु समक्ष पु¥याउने काम गरीरहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले नेपाल पत्रकार महासंले सबै समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको विकासका लागि काम गरीरहेको बताए ।

प्रेस सेन्टरका केन्द्रिय उप–महासचिव यानेन्द्र जिसीले दशबर्षे जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र आएको उल्लेख गर्दै पहिलेको तुलनामा वर्तमान समयमा दलित समुदायका पत्रकारुको संख्यामा बृद्धि भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनार, दलित अधिकारकर्मी हरीओम विश्वकर्मा, प्रेस युनियनका जिल्ला सभापति कविन्द्र नेपाल, प्रेस चौतारीका सल्लाहाकार राम प्रसाद आचार्य, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष विरेन्द्र कुँवर लगायतले पत्रकारहरुले बोल्दै सिमान्तकृत समुदायको शसक्तिकरणको पक्षमा कलम चलाउन पर्नेमा जोड दिए ।

कार्यक्रम संघका अध्यक्ष टंक सुनारको अध्यक्षता, उपाध्यक्ष शशि परियारको स्वागत र सचिव सुरेश परियारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रम संयोजक कृष्ण रणपालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित