लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल -८ का केही स्थानमा निःशुल्क वाईफाइ जडान

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का केही स्थानमा निःशुल्क वाईफाइ जडान भएको छ । वडा कार्यालयको बजेट अन्तर्गत टोल बिकास समितिको माग अनुसार वडाका २ स्थानमा निःशुल्क वाईफाइ जडान गरिएको हो ।

कुसुम टोल विकास संस्थाको मुख्य चोक र सञ्चयकोष चोकमा वाईफाई जडान भएको हो । वडा नं. ८ का अध्यक्ष यज्ञ प्रसाद पङगेनीले मोबाईलमा वाईफाई कनेक्ट गर्दै निःशुल्क वाईफाइ सेवाको उद्घाटन गरे । वडा अध्यक्ष पंगेनीले प्रविधिको सदुपयोग गर्दै वडाबासीलाई मुख्य मुख्य चोकमा निःशुल्क वाईफाइ दिने उद्देश्य अनुरुप निशुल्क सेवा संचालन गरिएको बताए ।

हाल ६५ हजार बजेटमा दुई स्थानमा वाईफाई सेवा शुरु गरिएको र आगामी आर्थिक वर्षमा टोल विकास समितिको माग अनुसार अन्यत्र पनि बढाउंदै लैजाने उनले बताए ।

प्राविधिक बिसन गहतराजले जडान गरिएको राउटरले ३ किलोमिटर सम्म रेन्ज दिने तथा पानी परेको अवस्थामा पनि नबिग्रने बताए ।

टोल विकास समितीका उपाध्यक्ष हरि ज्ञवाली, पूर्व अध्यक्ष नारायण भुसाल लगायतले प्रविधिको प्रयोगको आवश्यकता रहेको भन्दै अब समग्र वडामा नै यो काम लागू गर्नुपर्ने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित