लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता- प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन ।

गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरेका छन ।

“आजको दिन नेपाली जनताको जीत र सामन्ती राजतन्त्रको हार भएको दिन हो”, शुभकामना सन्देशमा भनिएको छ “जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सहित जनताका अधिकारहरुलाई मौलिक हकको रुपमा संबिधानमा व्यवस्था गरिएका छन । नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरुप आफ्ना कर्तब्यहरुको पालना गर्न सक्नु पर्दछ” । प्रदेश प्रमुख शेरचनले राष्ट्रियता , जनजीविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगिकरण र आर्थिक सुदृढिकरण प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन ।

“सरकारले पहल गरेका बिकास पूर्वाधार, उर्जा, पर्यटन, शिक्षा र सुशासनका नीति, योजना र कार्यक्रमहरुले जनतालाई लाभान्वित हुने अवसर प्रदान गरेको छ” , शुभकामना सन्देशमा भनिएको छ “तर अझै बाँकी रहेका कामहरुको योजनावद्ध विकासबाट सफल हुन सक्नु पर्दछ । तबमात्र नेपालको सक्षम जनशक्ति र जनताले प्रगतिको अनुभूति गर्न सक्नेछन” ।

प्रदेश प्रमुख शेरचनले त्यसका लागि तीनवटै तहले औद्योगिक बिकाससहित बिकासका सबै पक्षहरुमा समानुपातिक परिवर्तन ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको समेत बताएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित