निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनी कांग्रेसमा संसदीय दलको नेता फेर्ने कसरत

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसदहरुले डिल्ली बहादुर चौधरीलाई संसदीय दलको नेता बाट हटाउने प्रयास गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री रहेका चौधरीलाई प्रदेश सभाका सांसदहरुले दलको नेताबाट हटाउने कसरतमा लागेका हुन ।

पुर्वमन्त्री राजु खनाल संस्थापन पक्ष छाडेर डा. शेखर कोइराला र गगन थापा पक्षमा लागे सँगै चौधरीलाई दलको नेताबाट हटाउन लागेका हुन ।

खनालले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई भेटेर दलको नेता फेर्न पहल गरिरहेको स्रोतको दावी छ । स्मरण रहोस गिरी संस्थापन पक्षकै नेता हुन् ।

गिरीले नै यसअघि चौधरीलाई दलको नेता बनाउने बेला संयोजन गरेका थिए ।

चौधरीलाई दलको नेता बाट हटाएर राजु खनाल वा बीर बहादुर राना मध्ये एक दलको नेता बनाउने रणनीति ईतर समुहेको छ ।

लुम्बिनी पार्टीमा इतर समूहको वर्चश्व रहेको तर संसदीय दलमा भने गणित केही थोरै भएकाले यसअघिको प्रयास विफल भएको थियो ।

‘हामीले दलको नेता फेर्नेगरी बैठक बसेका छौं, केही समयमा यसलाई अगाडि बढाउँछौं, सम्भवतपूर्वमन्त्री राजु खनाल वा वीरबहादुर रानामध्येबाट छनौट हुनुहुनेछ, एक नेताले भने ।

८७ सदस्यीय प्रदेशसभामा दोस्रो दल रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित