३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

अत्यधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय भाेली देखि ४ दिन सम्म बन्द

नेपालगन्जका विद्यालय बन्द हुने भएका छन्। अत्यधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा गर्ने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए।

नेपालगन्जमा केही दिनदेखि गर्मी बढेको छ। यहाँको तापक्रम ४१ डिग्रीभन्दा बढी रहेको छ। गर्मी अझै बढ्ने पूर्वानुमान गरिएको छ। गर्मीसँगै ‘लु’ चलेको छ।

अत्यधिक गर्मीले बाहिर काम गरेर गुजारा चलाउनेलाई धेरै प्रभाव पारेको छ। गर्मीले गर्दा नेपालगन्जमा दिउँसो बाहिर निस्किन छोडिएको छ। स्वास्थ्यकर्मीले पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र पानीलगायत झोलिलो खानेकुरामा जोड गर्न आग्रह गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित