लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पत्रकारिता तालिम शुरु

बुटवल। बुटवल उपमहानगरकाे सहयाेगमा नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आईतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ बिषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुछवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन । उनले बुुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोँच बनाएको तर जग्गाको व्यवस्थापन गर्न नसकिएको बताए । उनले बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि यस्ता तालिमहरु फलदायी हुने बताए । पछिल्लो समय पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि छुट्याइएको बजेटमा विभिन्न निकायमा उजुरी दिने प्रचलन बढेको बताउँदै त्यसले बजेट नै कटौती हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकाहरुको क्षमता अभिबृद्धिका लागि तीन दिने तालिम फदायी हुने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित तालिममा रुपन्देहीका क्रियाशिल ६० बढि पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव विनोद परियारले बताए । पहिलो दिन आईतबार बुटवल उपमहानगरका कार्यसम्पादनका बिषयमा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रस्तुती राखेका थिए । यस्तै पत्रकारिताको पछिल्लो अवस्था र स्थानीय मिडियामा स्थानीय सरकारका सवालाका बिषयमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्षहरु शेरबहादुर केसी र यानेन्द्र जिसि तथा प्रदेश सल्लाहकार सरु राना सहितको प्यानल छलफल गरिएको थियो । सोमबार र मंगलबार भने बाह«खरी अनलाईनका सम्पादक प्रतिक प्रधानले सहजीकरण गर्नेछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित