लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

दुई सहकारीको एकिकृत कारोवार शुरू

सामुदायिक बहुउद्धेश्यीय सहकारी सस्था र आस्था बहुउद्धेश्यीय सहकारी सस्था एक आपसमा गाभिएर सामुदायिक आस्था बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडको रूपमा एकीकृत कारोवार प्रारम्भ भएको छ ।

बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नं ९ र १३ मा कार्यालय स्थापित गरी कारोवार गर्दै आएका उपर्युक्त सस्थाहरूले साझा अवधारणा अनुरूप एकीकृत भएको अध्यक्ष खेमप्रसाद लुईटेलले वताएका छन् ।

सामुदायिकको शेयर ३ करोड १२ लाख १७,५०० र आस्थाको शेयर १ करोड ३४ लाख ५५,७०० छ । एकीकृत पश्चात् निक्षेपसहित दुवै सस्थाको संयुक्त पूँजी करिव ४० करोड पुगेकोले आगामी दिनमा यस सस्थाले उद्धमशिलतामार्फत स्वरोजगार सृजना गर्ने तर्फ उन्मुख हुने लुईटेलको धारणा छ ।

एकीकृत सस्थाको समितिमा अध्यक्ष खेमप्रसाद लुईटेल, उपाध्यक्ष शोभाकर पोख्रल, सचिव ऋषिराम पाण्डे, कोषाध्यक्षमा युवराज घिमिरे र सहसचिवमा माया आचार्य छन् । त्यस्तै सदस्यहरूमा दुर्गावहादुर क्षेत्री, किरण खनाल, खिमानन्द पौडेल, पुष्पा भुषाल, रीता घिमिरे र पुनम पाण्डे हुनुहुन्छ भने लेखा सुपरिवेक्षण समितिको संयोजक यमलाल भट्टराई तथा सदस्हरूमा अशोक गैरे र अर्जुन गौतम छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित