रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

नदी उत्खनन् पछि परेको खाडलको पानीमा डुबेर तिलोत्तामा नयाँमीलका दिब्याम्स भुषालको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा-६ तिनाउ खोलामा नदी उत्खनन क्रममा बनेको खाडलमा डुबेर स्थानीय किशोरको मृत्युु भएको छ ।

तिलोत्तमा नगरपालीका वडा नं. ६ हरियाली पार्क स्थित तिनाउ खोलामा बनेको खाडलमा डुबेर सोही वडाको नयाँमीलका स्थानीय नारायण भुषालका १७ वर्षिय छोरा दिब्याम्स भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ जना साथीहरु खडलमा जमेको पानीमा पौडी खेल्न गएका मध्य भुषालको मृत्यु भएको हो ।

नुहाउने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय मङ्लापुर र बुटवलको टोली घटनास्थल पुगेर उद्दार गर्ने क्रममा भुषाल मृत फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

मृतक किशोरको शव पोष्टमार्टमाका लागि लुम्बिनी प्रादेशीक अस्पताल पठाई घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित