बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

बुटवल र तिलोत्तमामा भएका दुर्घटनामा २ युवाको मृत्यु

बुटवल र तिलोत्तमामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमा र सैनामैनाका २ युवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–६ का डुम्रेले चलाएको लु३१प १६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा सैनामैना नगरपालिका–४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल पनि शुक्रबार राति साढे १० बजे दुर्घटना भएको थियो ।

गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा राति पौने १ बजे उपचारको क्रममा उनको मृत्यृ भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित