लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध

लुम्बिनी । मायाँदेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुकाे तिलाैराकाेट दरबार लगिएकाे छ ।
सिद्वार्थ गाैतमलाई बुद्वपूर्णिमाकाे अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु लगिएकाे स्मरण गर्दै शुक्रबार बाेधिसत्व सिदार्थ शिशु बुद्वलाइ तिलमैराकाेट दरबारतर्फ लगिएकाे हाे ।

लुम्बिनी सास्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्व (बाेधिसत्व सिद्वार्थ) काे धातुकाे मूर्ति हस्तान्तरण गरि प्राचीन तिलाैराकाेट दरबार पठाईएकाे हाे ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलाैराकाेट फर्कदाकाे क्षणलाई स्मरण गरि बाेधिसत्व बुद्वकाे मूर्तिकाे शाेभायात्रा गरिएकाे काेषका सदस्य सचिव सानुराजा शाक्यले बताए । राजा शुद्वाेधन र मायादेविकाे स्वरूप बााएर बंगिमा चढाएर शिशु बुद्व तिलाैराकाेट लगिएकाे छ ।

बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएकाे बाैद्व धर्मग्रन्थमा उल्लेख छ ।

काेषले २५६७ औं बुद्धजयन्तीकाे अवसरमा शिशु बुद्धलाई बाजागाजा सहित २६ किमिको भव्य शाेभायात्रा निकालेको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने काेसिस गरिएकाे परिषद सदस्य गाेपिकृष्ण शर्माले बताए ।

लुम्बिनीदेखि लगिएकाे शिशु बुद्धलाई तिलौराकोट लगेपछि कार्यक्रम गरिनेछ ।
बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन् । रमणीय बगैंचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो ।

सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए । सिंगो कपिलवस्तुमा कैयौं दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो ।

भगवान शाक्यमुुनी बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाफ प्रचण्डकाे प्रमुख आतिथ्यतामा मूल समाराेह गरिएकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित