निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेकपा एमाले बाँके जिल्लाको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन्। प्रत्यासी डिल्ली विसीलाई एक सय ३७ मतान्तरले पछाडि पार्दै अध्यक्षमा गुरुङले निर्वाचित भएका ‍हुन्।

एमालेको ९औं जिल्ला अधिवेशनको अन्तिम नतिजा अनुसार गुरुङले दुई सय ९१ मत पाएर विजयी हुँदा अध्यक्षका अर्का प्रत्यासी विसीले एक सय ५४ मत ल्याएको निर्वाचन मण्डलले जनाएको छ । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा अन्तिममा किस्मतकुमार कक्षपतीले उम्मेदवारी फिर्ता लिँदै गुरुङलाई समर्थन गरेका थिए। त्यसपछि उनलाई जितका लागि सहज भएको थियो ।

एमाले जिल्ला कमिटीको उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन्। खत्रीले तीन सय १३ मत ल्याउँदा प्रत्यासी रवीन्द्र लम्सालले एक सय ३८ मत पाए । यसैगरी, सचिवमा बलराम भट्टराई विजयी भएका छन्। सचिवका चार जना उम्मेदवार रहेकामा भट्टराईको निकटतम प्रतिस्पर्धी खिलप्रसाद भुसाल बने । भुसालले एक सय १७ मत ल्याएका थिए। भीम वलीले ९५ र दत्तप्रसाद आचार्यले ८८ मत ल्याए ।

सहसचिवमा किशोर थापा ठूलो मतान्तरले विजयी भएका छन्। थापाले दुई सय ६३ मत ल्याउँदा प्रतिस्पर्धी दीपककुमार बर्माले एक सय २९ र सोहनलाल यादवले ४५ मत प्राप्त गरे । महिला सहसचिवमा निर्मला सुनार विजयी भएकी छन्। सुनारले एक सय ९८ मत ल्याउँदा प्रतिस्पर्धी शारदा विकले एक सय ३४ र रचना श्रेष्ठले एक सय १५ मत पाइन् ।

जेठ ४ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन आज सकिएको छ। जिल्ला कमिटीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमती नहुँदा निर्वाचन भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित