रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

बुटवल । बुटवलमा एम्बुलेन्सको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । बुटवलको झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट बुटवल ११ देविनगरकी ५६ बर्षिय कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट अन्य २ जना घाईते भएका छन् ।

आइतबार बिहान अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ को एम्बुलेन्सले नेपालीलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट घाईते भएकी नेपालीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

एम्बुलेन्सको ठक्करबाट ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले गम्भीर बिरामी लिए आएको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएकाहरूलाई ठक्कर दिएको बताए । ‘जेब्रा क्रसिङ नेर बाटो क्रस गर्दा हानेको जस्तो देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी पण्डितले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित