लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बिहीबार भएको वर्षाले पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने-पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्‍याएको छ । बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर, २ वटा इस्काभेटरलगायत साधन बगाएको हो ।

त्यस्तै गएराति भारी वर्षासँगै आएको बाढीले पुल निर्माणको सामानहमा पनि क्षति पुर्‍याको छ । धुर्कोट गाउँपालिका–१ र ४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढीले बगाएर क्षति पुर्‍याएको निर्माण व्यवसायीले बताएका छन् । उक्त स्थानमा अन्जना श्रेष्ठ जेभी कन्ट्रक्सन तम्घासले निर्माण गर्दै आएको थियो ।

बाढीले सामग्री बगाएको प्रहरी चौकी धुर्कोटमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बच्छराज यादवको कमाण्डमा २ जनाको टोली खटिएको थियो । प्रहरीले सामग्रीमा क्षति पुगे/नपुगेको बारे विस्तृत अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित