रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर

बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादीस्थित रिडी–तम्घास खडमा दुर्घटनामा परेको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए।

‘दुर्घटनामा बसका सहचालक जुम्ला घर भएका ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको छ,’ एसपी भुजेलले नेपालखबरसँग भने, ‘चालकसहित १२ जना घाइते छन्। त्यसमध्ये स्याङजा घर भएका चालक २८ वर्षीय मनोज बस्यालको अवस्था गम्भीर छ। पाँच जना घाइते आज (शुक्रबार) बिहान डिस्चार्ज भएका छन्। अरुकाे उपचार चलिरहेकाे छ।’

बसमा चालक र सहचालकसहित १३ जनामात्रै सवार थिए। घाइते सबैको पाल्पामै उपचार भइरहेको एसपी भुजेलले बताए।

बस सडकबाट झण्डै ६० मिटर तल खसेको छ। बस दुर्घटनाको कारण खुलेको छैन। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित