कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्

रुपन्देहीको मर्चवारमा मृत्यु भएको भन्दै परिवारले अन्तेष्टी गरिसकेको एक महिलाको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन् गरी निकालेको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ७ भंगहिया बस्ने साहिदा खातुनको मृत्यु शंकास्पद भएको भन्दै मृतकका दाजुले प्रहरीमा जाहेरी दिएपछि रुपन्देही प्रहरीले फरेन्सीक बिज्ञको सहयोगमा कब्रस्थानबाट उत्खनन् गरेको जनाएको छ।
सम्मरीमाई गाउँपालिका वडा नं २ मझगावा बस्ने मृतकका दाजु मोहमद रफिक मुसलमानले आफ्नि बहिनीको मृत्यु परिवारको यातनाका कारण भएको भन्दै जेठ २ गते रुपन्देही प्रहरीमा निवेदन दिएका थिए।
उनले प्रहरीमा दिएको निवेदनमा आफ्नी बहिनी साहिदा खातुनलाई कोटहीमाई ७ भंगहिया बस्ने उनका श्रीमान जलालुदिन मुसलमानले बिभिन्न तरिकाले यातना, दुःख दिदै आएकोमा बैसाख २७ गते रहस्यमय तरिकाले मृत्यु भएको उल्लेख गरेका छन्।
रफिकले मृतकका श्रीमान र उनका परिवारले माईती पक्षलाई समेत जानकारी नदिई मुस्लिम परम्परा अनुसार सम्मरीमाई ७ भंगैयामा रहेको कव्रस्तानमा लगि सदगद गरेकोले आफुहरुलाई शंका लागेको उल्लेख गरेका छन्।
बहिनिको मृत्यु काल गतिले नभई घर पक्षका भिनाजु तथा परिवारले हत्या गरेको र उक्त शब उत्खनन्, परिक्षण समेत गरी अनुसन्धान तथा कार्बाही गरी पाउ भनि निवेदन दिएपछि उत्खनन् गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जितसिंह राठौरका अनुसार बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीले लुम्बिनि प्रादेशिक अस्पतालबाट फोरिन्सिक चिकित्सक डा.बिप्लव मानन्धरको अनुगमन र निगरानीमा शव गाडेको स्थानबाट निकालिएको थियो।
उत्खनन् गरिएको शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगि पोष्टमार्टम गरि परिवारलाई बुझाईएको र घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित