प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

दाङको बबई नदिमा डुबेर दाजुभाइको मृत्यु

दाङको बबई नदिमा डुबेर दाजुभाईको मृत्यु भएको छ। बबई गाउँपालिका-७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो।

नदीमा डुबेर बेहोस भएका उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारका क्रममा तुलसीपुर अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरु बुवा आमासँगै ओदालेमा रहेको फुपुको घरमा आएको बेला घटना भएको हो। उनीहरु कामको शिलशिलामा भारतमा बस्दै आएका थिए।

शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित