रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

बुटवलको बैदवार फार्मेसीका सञ्चालक कमल वि.क. पक्राउ

बुटवल । चिकित्सकको सिफारिस विना औषधि विक्रि गरेको आरोपमा बुटवलमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमल वि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले केही औषधि मिलाए लागु औषधि प्रयोगकर्तालाई विक्रि वितरण गरको सूचना पाएपछि वि.क.लाई क्राउ गरिएको जनाकारी दिए ।

पेट दुख्दा खाने औषधि डाईसाकोमिन पृगावलेन जो दुखाई कम गर्न खाने गरिन्छ यी दुई औषधि मिलाएर वि.क.ले लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको प्रहरीको भनाई छ । प्रहरीले उक्त फार्मेसीबाट धेरै त्यस्ता औषधि बरामद समेत गरेको छ ।

प्रहरीले केही लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित