लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बाँके प्रहरीले गोली हानेर पक्राउ गर्‍यो दुईजना लागुऔषध कारोबारी

बाँके प्रहरीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

गएराति १० बजे कोहलपुर १२ बाट दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

गोली लागेर कोहलपुर नगरपालिका-१२ चप्पलगौडीका २६ वर्षीय सुशील परियार घाइते भएका छन्। गोली प्रहार गरेपछि प्रहरीले परियार र उनका साथी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्कीलाई पक्राउ गरेको हो। कार्कीलाई भने गोली लागेको छैन।

‘उनीहरुको साथबाट ११४.२५ ग्राम ब्राउन सुगर बरामद भएको छ,’ डीएसपी डाँगीले भने, ‘गोली लागेर घाइते भएका परियारको प्रहरी निगरानीमा उपचार भइरहेको छ।’

उनीहरु सवार भे ६ प ६२०६ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सडकमा जाँच गरिहेको ठाउँबाट उनीहरु भागेपछि गोली प्रहार गरिएको डीएसपी डाँगीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित