लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल बैशाख । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना १० रुपन्देहीको आयोजनामा रुपन्देहीको शुद्धोधन गाउँपालिमा रहेका अपाङ्गता भएका विद्यार्थीललाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा नम्बर ६ मा रहेको गुरौलीया माध्यमिक विद्यालय अध्यायनरत विद्यार्थी र अन्य विद्यालयमा रहेका विद्यार्थीहरु गरी कुल १५ जनालाई कापी, झोला र अन्य शैक्षिक सामग्री प्रदान गरिएको छ । यस्तै सोही पालिका भित्र रहेका ८ जना अपाङ्गता भएका व्याक्तिहरुलाई १०÷१० हजारको रुपैयाँको बीउ पुजी वितरण गरिएको छ ।
सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक समाग्री प्रदान तथा बीउ पुँजी वितरण गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय को आर्थिक सहयोगमा ‘सिबीआर कार्यक्रम अन्र्तगत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र अपाङ्गता भएका व्याक्तिलाई बीउ पुजी रकम वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका प्रमुख विष्णु प्रसाद वस्यालले अपाङ्गता भएका विद्यार्थीहरु आर्थिक अभावको कारण शिक्षा प्राप्त गर्ने अधिकारबाट बन्जीत हुन नपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै उनले अध्यक्ष बस्यालले अपाङ्गता भएका विद्यार्थीहरुको लागि विद्यालय पोशाक, शैक्षिक सामग्री र अन्य व्यवस्था पालिका मार्फत प्रदान गरी उनीहरुलाई शिक्षाको ज्वोतिबाट बञ्जीत नगरिने बताएका थिए । अध्यक्ष बस्यालले पालिकाले अपाङ्गता भएका व्याक्तिहरुलाई व्यवसाय सञ्चालनको लागि बीउ पुँजी प्रदान गर्न नसकीरहेको अवस्थामा एउटा संस्थाको पहलमा भएको यो कार्यक्रममो उच्च सह्रारहान गरिएको बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका जो कोही व्याक्ति पनि समाजको मुलधारमा ल्याउनको लागि पहल जारीरहेको भन्दै उनले यसको लागि महासंघले पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा गुरौलीया माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कन्हैया प्रसाद चौधरी, संस्थाका अध्यक्ष मुक्तीराम पाण्डे, कोषाध्यक्ष शकर रेग्मी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित