निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल बैशाख । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना १० रुपन्देहीको आयोजनामा रुपन्देहीको शुद्धोधन गाउँपालिमा रहेका अपाङ्गता भएका विद्यार्थीललाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा नम्बर ६ मा रहेको गुरौलीया माध्यमिक विद्यालय अध्यायनरत विद्यार्थी र अन्य विद्यालयमा रहेका विद्यार्थीहरु गरी कुल १५ जनालाई कापी, झोला र अन्य शैक्षिक सामग्री प्रदान गरिएको छ । यस्तै सोही पालिका भित्र रहेका ८ जना अपाङ्गता भएका व्याक्तिहरुलाई १०÷१० हजारको रुपैयाँको बीउ पुजी वितरण गरिएको छ ।
सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक समाग्री प्रदान तथा बीउ पुँजी वितरण गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय को आर्थिक सहयोगमा ‘सिबीआर कार्यक्रम अन्र्तगत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र अपाङ्गता भएका व्याक्तिलाई बीउ पुजी रकम वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका प्रमुख विष्णु प्रसाद वस्यालले अपाङ्गता भएका विद्यार्थीहरु आर्थिक अभावको कारण शिक्षा प्राप्त गर्ने अधिकारबाट बन्जीत हुन नपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै उनले अध्यक्ष बस्यालले अपाङ्गता भएका विद्यार्थीहरुको लागि विद्यालय पोशाक, शैक्षिक सामग्री र अन्य व्यवस्था पालिका मार्फत प्रदान गरी उनीहरुलाई शिक्षाको ज्वोतिबाट बञ्जीत नगरिने बताएका थिए । अध्यक्ष बस्यालले पालिकाले अपाङ्गता भएका व्याक्तिहरुलाई व्यवसाय सञ्चालनको लागि बीउ पुँजी प्रदान गर्न नसकीरहेको अवस्थामा एउटा संस्थाको पहलमा भएको यो कार्यक्रममो उच्च सह्रारहान गरिएको बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका जो कोही व्याक्ति पनि समाजको मुलधारमा ल्याउनको लागि पहल जारीरहेको भन्दै उनले यसको लागि महासंघले पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा गुरौलीया माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कन्हैया प्रसाद चौधरी, संस्थाका अध्यक्ष मुक्तीराम पाण्डे, कोषाध्यक्ष शकर रेग्मी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित