बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

रुपन्देहीको बुटवलमा आगलागी भएको छ । आगलागीबाट बुटवल उपमहानगरपालिका-११ नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ । व्यवसायी प्रिजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी भएको उनले बताए ।

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट
मंगलबार बिहान छिमेकीले साढे ४ बजे फोन गरेर आगो लागेको जानकारी दिएपछि आफू पसलमा आएर दमकल बोलाउँदासम्म सामान जलेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टका अनुसार ४ वटा दमकलको सहयोगमा बिहान ६ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएपनि गोदामभित्र रहेको मोबिल, टायर, ब्याट्री, ब्रेक सु फाइबर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित