रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट

रुपन्देहीको बुटवलमा आगलागी भएको छ । आगलागीबाट बुटवल उपमहानगरपालिका-११ नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ । व्यवसायी प्रिजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी भएको उनले बताए ।

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट
मंगलबार बिहान छिमेकीले साढे ४ बजे फोन गरेर आगो लागेको जानकारी दिएपछि आफू पसलमा आएर दमकल बोलाउँदासम्म सामान जलेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टका अनुसार ४ वटा दमकलको सहयोगमा बिहान ६ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएपनि गोदामभित्र रहेको मोबिल, टायर, ब्याट्री, ब्रेक सु फाइबर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित