प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

दुर्घटना कम गर्न ईरिक्सा चालकलाई प्रशिक्षण

सवारीको अबस्था, चालकले सवारी चलाउदा पुरा गर्नुपर्ने दायित्व तथा जिम्मेवारीबारे जानकारी दिने उदेश्यले ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बिशेषगरी छोटो दुरीमा बुटवल नगर क्षेत्रभित्र नगरको अनुमति लिई सञ्चालनमा रहेका ईरिक्साको कारणले भएका सडक दुर्घटना, ट्राफिक नियमको अवज्ञा र सोको कारणले बढेको जोखिमबारे जानकारी दिन पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले सवारी दुर्घटनाका कारणहरु मानविय र प्राबिधिक कारण रहेको बताए।

उनले मानवीय कारणहरुलाई हल गर्न सके प्राबिधिक कारणले हुने ठुलो सम्भावित दुर्घटना तथा क्षति न्युनिकरण हुने बताए। पन्थीले सडकको अवस्थाको कारणले हुने दुर्घटनामा तर्फ ईंकित गर्दै उहाले देशको अबस्था, बिकासको गति, राज्यको कमजोर नियमन, लापरवाहिको कारणले सडकको स्तर सुध्रन नसकेको बताए।

उनले सवारी चालकको जिम्मेवारी सडकका हिड्ने पैदल यात्रु, सवारीमा सवार यात्रु देखी आफू र आफ्नो परिवार समेत रहेकोले संयमित भई ट्राफिक नियमको पालना गरि सवारी चलाउन आग्रह गरे।

पन्थीले प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने कानुनको संसोधन, कानुनु निर्माणको निम्ति आफ्नो प्रमुख प्राथमिकता रहेको र सोको लागि आफ्नो तहवाट सुझाव प्रदान गर्न समेत आग्रह गरे।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्याम बाबू खत्रीले सानो सवारीमा ट्राफिक नियम उल्लङ्घनका साना सवारी बढी देखिने गरेको बताउदै साथै प्रदेशभर हरेक दिन साना सवारीको दुर्घटना दर उच्च भएको र हरेक दिन दुर्घटनाको कारण १(३ जना सम्मको ज्यान गएको जानकारी दिए।

उनले सानो कारणले ठुलो दुर्घटना भईरहेको, जसले गर्दा जनधनको क्षति भएको जसको कारण सवारी चालक रहेकोले सवारी चालकले जिम्मेवारीबोध गर्नुपर्ने बताए। सडकमा बढ्दो सवारी चापको कारणले गर्दा सहर अस्तब्यबस्त भईरहेकोले ट्राफिक नियमको पालना गर्दा आवागमनमा सहज हुने बताए।

बुटवल नगरभित्र सञ्चालनमा रहेको स्वरोजगार ईरिक्सा चालकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा पहिलो पाईला नेपाल बुटवल शाखा सल्लाहाकार ठाकुर गैरे, हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण प्रसाद तिवारीले शाखा उपाध्यक्ष सन्तोष बन्जाडे कार्यक्रम संयोजक कमल पोख्रेल लगायतले आ आफ्ना भनाई राखेका थिए।

कार्यक्रममा बुटवल नगरमा दर्ता भई नगर क्षेत्रभित्र स्रञ्चालनका रहेको १५० बढी स्वरोजगार ईरिक्सा चालकलाई प्रहरी सहायक निरिक्ष  राजु चौधरी ले ट्राफिक नियमको बारेमा डा. सन्तोष क्षेत्रीले आँखाको ज्योतीको कारणले निम्तने सम्भावित सडक दुर्घटना र सोको न्युनिकरणका उपायको सन्दर्भमा सहभागीलाई प्रशिक्षण दिएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित