आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

एमाले बर्दियाको अधिवेशन आजदेखि

नेकपा (एमाले) बर्दियाको १० औं अधिवेशन आजदेखि शुरू हुने भएको छ । आज र बुधबार हुने अधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको बताए ।

गर्मीको समय भएका कारणले हरेक नगरपालिकाबाट प्रतिनिधिमूलक रुपमा कार्यकर्ता ल्याउने योजना रहेको बताउँदै उनले बढीमा तीन हजार पाँच सय को हाराहारीमा मात्र अधिवेशनको खुलासत्रका सहभागी हुने जानकारी दिए ।

अधिवेशनको बन्दसत्रमा १६४ जना प्रतिनिधि रहनेछन् । आवश्यक देखिएमा जिल्ला कमिटीले ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए । नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनले पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

गुलरियाको कृष्णसार रिसोर्टमा हुने कार्यक्रममा हलमा मञ्च व्यवस्थापन गरिएको छ । हलमा नअटाएका सहभागीलाई रिसोर्टको प्राङ्गणमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित