कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

एमाले बर्दियाको अधिवेशन आजदेखि

नेकपा (एमाले) बर्दियाको १० औं अधिवेशन आजदेखि शुरू हुने भएको छ । आज र बुधबार हुने अधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको बताए ।

गर्मीको समय भएका कारणले हरेक नगरपालिकाबाट प्रतिनिधिमूलक रुपमा कार्यकर्ता ल्याउने योजना रहेको बताउँदै उनले बढीमा तीन हजार पाँच सय को हाराहारीमा मात्र अधिवेशनको खुलासत्रका सहभागी हुने जानकारी दिए ।

अधिवेशनको बन्दसत्रमा १६४ जना प्रतिनिधि रहनेछन् । आवश्यक देखिएमा जिल्ला कमिटीले ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए । नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनले पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

गुलरियाको कृष्णसार रिसोर्टमा हुने कार्यक्रममा हलमा मञ्च व्यवस्थापन गरिएको छ । हलमा नअटाएका सहभागीलाई रिसोर्टको प्राङ्गणमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित