३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

श्रमीक र व्यवस्थापन पक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा सरोकारवालाको जोड

  • हिमत आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन
  • बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितीमा कार्यरत स्वतन्त्र कर्मचारी युनियनको १० औ वार्षिक साधारण सभा तथा ७ औ अधिबेशनमा वोल्नेहरुले श्रमीक र व्यवस्थापन पक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड दिएका छन ।

    कुनै पनि संघ संस्थालाई सफल बनाउने हात भनेको कर्मचारीको हुने भएकाले हरेक संघ संस्थाका संचालकहरुले कर्मचारीलाई खुशी वनाउन आबश्यक रहेको पनि सो अवसरमा औल्याईएको थियो । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितीका अध्यक्ष टीकाराम गौतमले विगत देखि नै संस्थाले कर्मचारी संगको सम्बन्ध सुमधुर रहदै आएको र आगामी दिनमा पनि त्यसलाई थप प्रगाढ बनाउदै लैजाने धारणा राखे ।

    श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले श्रमीक र व्यवस्थापन पक्ष मिलेर अघी बढेमा हरेक व्यवसायीक प्रतिष्ठान सफल हुने बताए ।

    कर्मचारीको भूमिकालाई उच्च सम्मानका साथ प्राथमिकता दिन सुझाव दिए । पश्चिमाञ्चल यातायात व्यवसायी समितीका निर्वतमान अध्यक्ष यम प्रसाद पाण्डेले कर्मचारीहरुनै संघ संस्थाको पिल्लर भएकाले उनिहरुलाई नीजामती कर्मचारी सरह सेवा सुविधा दिदै आएको बताए ।

    पश्चिमाञ्चल यातायात व्यवसायी समितीका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, महासचिव खिम बहादुर थापाले संचालकहरु फेरीदै जाने र कर्मचारी भनेका स्थायी हुने भएकाले कर्मचारीको भूमिका महत्व पूर्ण हुने बताए ।

    व्यवस्थापन पक्ष र कर्मचारी बीचको सम्बन्ध नङ र माुसको रहनु पर्नेमा जोडदिए। कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितीका कार्यालय प्रमुख बाबुराम अधिकारी र स्वतन्त्र कर्मचारी युनियनका पूर्व अध्यक्ष प्रकाश गैरले कर्मचारी र व्यवस्थापन पक्ष बीचको सम्बन्धलाई थप प्रगाढ बनाउदै समितीको विधी विधान र नीति नियमलाई आत्म साथ गरेर अगाडी बढदा कसैलाई पनि समस्या नहुने बताएका थिए ।

    कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अधिबेशनवाट हिमत आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ ।

    समितीको प्रथम उपाध्यक्षमा राम प्रसाद गौतम, द्धीतृय उपाध्यक्षमा राम थापा, सचिवमा भूमिमाया राना, सह सचिवमा पदम पाण्डे र कोषाध्यक्षमा विबश वस्याल चयन भएको निर्वाचन समितीका संयोजक प्रकाश गैरेले बताए ।

    त्यस्तै सदस्यमा क्षेत्र बहादुर गुरुङ, विष्णुमाया भुसाल, अनिल श्रेष्ठ, गोपाल चापागाई, र चित्र बहादुर थापा चयन भएका छन् ।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित