रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल                
समाचार :

अर्घाखाँचीमा डेढ महिनामा १०३ घरगोठ जले

अर्घाखाँचीमा आगलागीका कारण डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिए । वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको पनि उनले बताए ।

राठोरका अनुसार वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् । त्यसैगरी ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका, डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेका डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए । वन क्षेत्रमा घाटगद्दी गरिएका पाँच सय ८३ क्युफिट काठ जलेर नष्ट भएका उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित