गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी

आज दिउँसो लुम्बिनी प्रदेशसहित तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा लुम्बिनीसहित तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । यसको प्रभावले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा अहिले बिहानपख आंशिक खालको बादल लागेको छ ।

मौसमविद् प्रतिभा मानन्धरले उपल्लो वायुमण्डलमा पातलो बादल रहेकाले काठमाडौंमा राम्रोसँग घाम नलागेको जानकारी दिइन् । तर काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आज वर्षाको सम्भावना भने कम रहेको उनले बताइन् ।

गण्डकी र कर्णाली प्रदेशमा केही स्थानमा हिजो पनि छिटपुट वर्षा भएको थियो । त्यस्तै सम्भावना आज पनि कायम छ ।

तातो हावा र गर्मी उस्तै

तराई मधेशका जिल्लाहरुमा केही दिनदेखि तातो हावा चल्ने र चर्को गर्मी हुने क्रम अहिले पनि उस्तै छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी बढ्ने पूर्वानुमान छ ।

‘हिजो पनि धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको देखियो, आज पनि त्यस्तै अवस्था हुने सम्भावना छ’, मौसमविद मानन्धरले भनिन्, ‘तत्काल पानी पर्ने सम्भावना पनि देखिँदैन ।’

यही वैशाख १४ गतेसम्मै तातो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

तराई मधेशमा अत्यधिक गर्मी भएकाले जनजीवन प्रभावित भएको छ । खासगरी दैनिक ज्याला मजदुरी गर्नेहरु चर्को घामबाट बढी प्रभावित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित