बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अभियानलाई तिब्रता दिदै पश्चिम नेपाल बस व्यवसायी प्रा‍ली

बुटवल । देशकै ठूलो यातायात व्यवसायीको संस्था पश्चिम नेपाल बस ब्यबसायी प्रालि, बुटवलले आन्तरिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अभियानलाई तिब्रता दिएको छ ।

अभियानको क्रममा प्रालिले सोमबार सवारी चालक तथा सहचालकहरुलाई दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यबस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ ।

प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी सूरक्षित रुपमा यात्रा गराउनु चालकको जिम्मेवारी भएको भन्दै आफुले चलाएको गाडीमा आफ्नो परिवारका सदस्य पनि सवार छन भन्ने सोचेर होशियारीकासाथ सवारी चलाउदा दुर्घटना कम हुने दाबी गरिन् । पाण्डेले छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा गर्ने भन्दा पनि गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गरिन् ।

सभ्य भाषा नम्र बोली व्यवहारसहितको सेवा नै अचुक औषधि भएको बताउदै उनले अपांग र आरक्षण सिट कार्यान्वयन गर्र्नुपर्नेमा जोड दिइन् । प्रालिका अध्यक्ष दधिराम खरेलले मानवीय लापरवाहीले दुर्घटना गराउने छुट अब नहुने बताए ।

खरेलले यात्रुले पनि चालकलाई सम्मान गर्न सक्नुपर्ने बताए । पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले अहिलेसम्म प्रालिले ८ हजार ५०० चालक र परिचालकलाई प्रशिक्षण दिएको बताए । चालकले मानवीय त्रुटि नगर्न आग्रह गर्दै त्यस्तो भेटिए प्रालि चालकलाई कारवाही गर्न पनि पछि नपर्ने बताए ।

कार्यक्रममा प्रालिका सञ्चालक जितेन्द्र खत्री, कार्यक्रम सहसंयोजक नारायण भण्डारी, सञ्चालक रामचन्द्र खड्का, लालबहादुर गुप्ता, मजदुर नेता होमबहादुर पाण्डे लगायतले बोल्दै यातायात क्षेत्रलाई सम्मानित पेशा बनाउने सबै लाग्नुपर्नेमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित