प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

बुटवलको बागेश्वरीले मनायो रजत जयन्ती (तस्वीरहरु)

बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ ।

आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले कला र साहित्यको क्षेत्रमा सहकार्य गरेर काम गर्न उपमहानगरपालिका तयार रहेको बताए । साथै उनले नेपाली कला र संस्कृतिको जर्गेना गर्न सवै लाग्नुपर्ने बताए । पश्चिमी कला र संस्कृतिका कारण नेपाली कलाको मौलिकता मर्न थालेको भन्दै यसको संरक्षण र प्रबद्र्धनमा राज्यले पहल कदमी गर्नुपर्ने बताए ।

संघिय राजधानी बाहिर अहिले पनि कला, संस्कृति, साहित्यको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै बुटवल उपमहानगरपालिका कलाको सम्मान गर्न सधै प्रतिबद्ध रहेको बताए ।

बागेश्वरी कला तथा संगित एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले २५ बर्षको अवधिमा एकेडेमीबाट हजारौं विद्यार्थीहरुले कला र संगितकोे ज्ञान लिएको बताईन । साथै उनले कला र संस्कृति संग जोडिएका प्रतिष्ठान वा संस्थालाई राज्यले उपेक्षा गरेको भन्दै नेपाली कला र संगित जिवन्त राख्न प्रतिष्ठान वा संस्थाहरुलाई राज्यले संरक्षकत्व दिनुपर्ने बताईन ।

एकेडेमीका व्यवस्थापक दावा शेर्पाले एकेडेमीले २५ बर्ष पार गर्नु सामान्य विषय नभएको भन्दै यसले समाजलाई दिएको योगदानको चर्चा हुनुपर्ने बताए । उक्त कार्यक्रममा साहित्यकार घनश्याम परिश्रमीले साहित्य क्षेत्रको प्रबद्र्धनमा तीन वटै तह लाग्नुपर्ने बताए ।

कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुती गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित