३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको समुद्‍घाटन गरेका छन् ।

सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशहरूमा सैनिक महाविद्यालय तथा सैनिक अस्पतालहरु निर्माण गर्ने नेपाली सेनाको लक्ष्य अनुरूप लुम्बिनी प्रदेश अन्तरगत बुटवलमा २५ शैय्याको सैनिक फिल्ड अस्पताल तथा शैक्षिक सत्र २०८१ बाट कक्षा ६, ७ र ८ सम्मको अध्यापनको सुरुवात गर्ने गरी सैनिक महाविद्यालयको निर्माण गरिएको हो । त्यसै गरी, नेपाली सेनामा हाल प्रचलनमा रहेको डिजिटाइजेसनका महत्त्वपूर्ण दस्तावेजहरुको आपत्कालीन रिकभरीको लागि डाटा सेन्टरको निर्माण गरिएको हो ।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा आश्रित हिताधिकारीहरुलाई शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच आफू बसोबास गर्ने प्रदेशमा नै प्रदान गर्ने बृहत् सैनिक कल्याणकारी कार्यक्रम अन्तरगत उक्त सैनिक महाविद्यालय तथा सैनिक फिल्ड अस्पतालको निर्माण भएको हो । यससँगै देशको सातवटै प्रदेशमा सैनिक महाविद्यालय सञ्चालन भएका छन् ।

सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयहरूमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका सन्ततिहरू ६० प्रतिशत र गैर सैनिकका सन्ततिहरू ४० प्रतिशतले गुणस्तरीय शिक्षा लिने अवसर प्राप्त गर्दै आएका छन् ।

समुद्‍घाटन समारोहमा बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्‍डेय, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित